Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अदालतको फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् - गगन थापा

अदालतको फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् - गगन थापा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २८, २०७८ सोमवार • १५:३३:५० बजे
  • 949
    SHARES
  • अदालतको फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् - गगन थापा

    पोखरा । सर्वाेच्च अदालतले प्रतिनिधि पुनःस्थापना गरेर संविधानको रक्षा गरेको नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिकिया दिएका छन।

    images

    सोमबार प्रतिनिधि सभा विघटन बदर गर्दै सर्वाेच्च अदाललते आफ्ना सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिन परमादेश जारी गरेलगत्तै नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधि सभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।’ अदालतको फैसलाप्रति असहमति राख्न पाइए पनि अस्वीकार भने गर्न नपाइने चेतावनी पनि सांसद थापाले दिएका छन्।

    फैसला सार्वजनिक हुनासाथ केपी ओली समूहका एमाले नेता महेश बस्नेतले भ्रातृ संगठन युवा संघका नेताकार्यकर्तालाई विरोधमा उत्रिन निर्देशन दिएका छन्। यसैलाई संकेत गरेर हुन सक्छ, कांग्रेस नेता गगन थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ, तर अस्वीकार गरिँदैन।

    उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भीरबाट खस्नेलाई रामराम!’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology