Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र जोगियो : माधव नेपाल

दालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र जोगियो : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७८ सोमवार • १६:४९:०२ बजे
  • 1.1K
    SHARES
  • दालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र जोगियो : माधव नेपाल

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् । सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रैब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भने । यसपटक अदालतले आफ्नो गरिमा बढाएको उनले बताए । 

    images

    संविधानमा केही अस्पष्टतता थियो । तर त्यो व्याख्या पनि गरिदिएको छ’, नेता नेपालले भने । सर्वोच्च अदालतले संविधानको धारा ७६ ५ मा फ्लोर क्रस गर्ने सांसदको पद नजाने निर्णय गरेको छ । यो व्याख्याले संविधानको व्याख्या भएको नेपालले बताए । यसैबिच माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । दाहाल र नेपालद्वयले छुट्टा छृुट्टै टेलिफोन गरेर देउवालाई बधाई दिएका हुन् ।

    संविधानको रक्षा गर्दै ०६२,६३ को आन्दोलनको उपलब्धी जोगाउने जिम्मा देउवामा पुगेको भन्दै दुवैले फैसला लगत्तै टेलिफोन मार्फत बधाई दिएका हुन् । एक प्रकारको निरंकुशताको अन्त्य भएको र हाम्रो काँधमा थप जिम्मेवारी आएको भन्दै यसलाई सहकार्यबाट नै अन्तिम टुंगोमा पुर्‍याउन पर्नेमा तीन नेताले टेलिफोन छलफल गरेका छन् ।

    उनीहरू केही बेरमा भेट्दै छन् । देउवा, दाहाल, नेपाल र उपेन्द्र यादवहरूले भेट गर्दै कसरी अघि बढ्ने योजना बनाउने भएका छन् । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गर्दै संसद पुन ब्युँताईदिएपछि उनीहरूले ओलीको ध्येय पुरा नहुने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology