पोखरा । सर्वोच्च अदाललतले प्रतिनिधिसभा बिघटन बदर गर्नुका साथै २ दिन भित्र काङ्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने भन्दै परमादेश जारी गरे सँगै विपक्षी गठबन्धनको वैठक बस्न लागेको हो ।
आज साझँ पाचँ बजे एमाले नेता माधवकुमार नेपालको कोटेश्वर स्थित निवासमा गठबन्धनको बैठक बस्न लागेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
गठबन्धनमा कांग्रेस, माओवादी, जसपा, एमालेको माधव नेपाल समूह र जनमोर्चा रहेका छन् ।
कांग्रेस सभापति देउवालाई दुई दिनभित्रै प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको आदेश
पोखरा । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्रै प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएकाे छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले एक सय ४६ जना निवेदकको मागअनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने सिलसिलामा गरेका निर्णय संविधान विपरीत देखिएको भन्दै प्रधानन्यायाधीश राणाको इजलासले प्रधानमन्त्रीमा देउवाको दाबी पुग्ने ठहर गरेको छ ।
प्रतिनिधि सभा विघटन संविधानको निर्णय धारा ७६ को उपधारा ५ र ७ सात अनुकूल नभएको र प्रधानमन्त्री तथा राष्ट्रपतिको यो कदम लोकतान्त्रिक आदर्श र संविधानवाद प्रतिकूल रहेको पनि आदेशमा उल्लेख छ ।