प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजिनामा दिने र मध्यान्ह १२ बजे अगावै बालकोट सर्ने तयारी थालेका छन्। बालुवाटार स्रोतका अनुसार नयाँ प्रधानमन्त्रीको रुपमा काँग्रेस सभापति शेरबहादुर देउवाले आज साँझ ५ बजे शीतल निवासमा शपथ ग्रहण गर्नेछन् ।
राष्ट्रपति कार्यालयको प्रशासनले देउवालाई शपथ ग्रहणको निम्ति तयारी अवस्थामा रहन जानकारी गराइसकेको छ ।