Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओलीले बोलाए स्थायी कमिटी बैठक , माधव नेपाल पनि जाँदै

ओलीले बोलाए स्थायी कमिटी बैठक , माधव नेपाल पनि जाँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७८ मंगलवार • १०:२६:०३ बजे
  • 694
    SHARES
  • ओलीले बोलाए स्थायी कमिटी बैठक , माधव नेपाल पनि जाँदै

    बालुवाटारबाट बाहिरिनु अघि नेकपा एमालेका अध्यक्ष अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । आज दिउँसो बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ। तर, त्यो समय भन्दा अघि नै ओलीले बालुवाटार छोड्ने संकेत गरिसकेका छन्। बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पनि स्थायी कमिटी बैठकमा जान सक्ने सम्भावना छ ।

    images

    नेता नेपालले सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने बताएका थिए । एमालेमा एकता अगाडि बढेको नेपालले बताएका थिए । एमालेमा देखिएको विवाद समाधान गर्न कार्यदलले १० बुँदे प्रस्ताव तयार पारेको थियो।

    उक्त प्रस्तावलाई स्थायी कमिटीबाट अनुमोदन गर्ने तयारी छ । यता, नयाँ प्रधानमन्त्रीको रुपमा काँग्रेस सभापति शेरबहादुर देउवाले भोली साँझ ५ बजे शीतल निवासमा शपथ ग्रहण गर्नेछन् । राष्ट्रपति कार्यालयको प्रशासनले देउवालाई शपथ ग्रहणको निम्ति तयारी अवस्थामा रहन जानकारी गराइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology