पोखरा । सर्वोच्च अदालतले नेपाली काङ्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमाधेश जारी गरे लगतै क कसलाई मन्त्री बनाउने भन्ने टुङ्याउन गठबन्धन दलहरु जुटेका छन ।
देउवाको नेतृत्वमा गठन हुने सरकारमा आफ्नो दलबाट क कसलाई पठाउने भन्ने ट्युङ्याउन नेकपा माओवादी केन्द्रको स्थायी समिती बैठक पेरिसडाँडामा बस्दै छ । प्राप्त स्रोतको जानकारी अनुसार सोमबार साझँ बसेको गठबन्धनको बैठकले मन्त्रालयको समेत टुङ्गो लगाई सकेको छ ।
आजँ साँझ सम्म राष्ट्रपति कार्यालयले देउवालाई सपथ ग्रहण गराउदा उनी सँगै सानो मन्त्रीमण्डल बनाउने सहमति भएको छ । गठबन्धन बीच मन्त्रालयको समेत भागभन्डा मिलाई सकेको छ । जसमा काङ्रेसले प्रधानमन्त्री सहित अर्थ र स्वास्थ्य मन्त्रालय र माओवादीले गृह र जसपाले परराश्ट्र मन्त्रालय पाएको स्रोतको भनाई छ । काङ्रेसले अर्थमा ज्ञानेन्द्र कार्कीए , मिनेन्द्र रिजाल वा बालकृष्ण खाणमा एक जनालाई ल्याउने तयारी गरेका छन भने स्वास्थ्यमा गगन थापाको चर्चा छ ।
यसै गरी माओवादी केन्द्रका तर्फबाट मन्त्री छान्ने जिम्मा पार्टीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। त्यसका लागि नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र जनार्दन शर्माको नाम चर्चामा छ। पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन श्रेष्ठलाई प्रचण्डले मन्त्री बनाउने सम्भावना बढी रहेको प्रचण्ड निकट नेताले बताए।
माओवादी स्रोतका अनुसार देउवा सरकारमा यसअघि नेकपा सरकारमा लामो समय मन्त्री भइसकेका आफ्ना नेताहरुलाई सकेसम्म नपठाउने गरि छलफल सुरु भएको छ। सकेसम्म महिला, दलित, जनजाती र नयाँ अनुहारहरुलाई नयाँ सरकारमा पठाउने गरि छलफल सुरु भएको हो।
त्यसमा पम्फा भुसाल, अञ्जना विसंखे, शशि श्रेष्ठ मन्त्री बन्ने सम्भावना छ। यता क्षमताका हिसाबमा जनार्दन शर्माले फेरि पनि मन्त्री पाउने सम्भावना छ। उनी नेकपा सरकारमा सामेल थिएनन् ।