Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडँमा शुरु : यी नेताहरु मन्त्री बन्दै !

माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडँमा शुरु : यी नेताहरु मन्त्री बन्दै !

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २९, २०७८ मंगलवार • १०:५५:४१ बजे
  • 517
    SHARES
  • माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडँमा शुरु : यी नेताहरु मन्त्री बन्दै !

    पोखरा । सर्वोच्च अदालतले नेपाली काङ्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमाधेश जारी गरे लगतै क कसलाई मन्त्री बनाउने भन्ने टुङ्याउन गठबन्धन दलहरु जुटेका छन ।

    images

    देउवाको नेतृत्वमा गठन हुने सरकारमा आफ्नो दलबाट क कसलाई पठाउने भन्ने ट्युङ्याउन नेकपा माओवादी केन्द्रको स्थायी समिती बैठक पेरिसडाँडामा सुरु भएको छ ।

    माओवादी नेताहरुका अनुसार कसलाई मन्त्रीमण्डलमा पठाउने भन्ने टुङ्गो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।त्यसका लागि नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र जनार्दन शर्माको नाम चर्चामा छ। पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन श्रेष्ठलाई प्रचण्डले मन्त्री बनाउने सम्भावना बढी रहेको प्रचण्ड निकट नेताले बताए।

    माओवादी स्रोतका अनुसार देउवा सरकारमा यसअघि नेकपा सरकारमा लामो समय मन्त्री भइसकेका आफ्ना नेताहरुलाई सकेसम्म नपठाउने गरि छलफल सुरु भएको छ। सकेसम्म महिला, दलित, जनजाती र नयाँ अनुहारहरुलाई नयाँ सरकारमा पठाउने गरि छलफल सुरु भएको हो।

    त्यसमा पम्फा भुसाल, अञ्जना विसंखे, शशि श्रेष्ठ मन्त्री बन्ने सम्भावना छ। यता क्षमताका हिसाबमा जनार्दन शर्माले फेरि पनि मन्त्री पाउने सम्भावना छ। उनी नेकपा सरकारमा सामेल थिएनन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology