Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

देशवासीको नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २९, २०७८ मंगलवार • ११:१७:४७ बजे
  • 1.6K
    SHARES
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

    पोखरा । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन ।

    images

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्यथापाका अनुसार मंगलवार दिउसोँ २ बजे प्रम ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन । सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा विघटन बदर गर्दै २४ घण्टा भित्र काङ्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामिदेश जारी गरेको थियो ।

    नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलबीच भएको १० बुँदे सहमतिलगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

    सर्वोच्च अदालतले नेपाली काङ्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमाधेश जारी गरे लगतै क कसलाई मन्त्री बनाउने भन्ने टुङ्याउन गठबन्धन दलहरु जुटेका छन । देउवाको नेतृत्वमा गठन हुने सरकारमा आफ्नो दलबाट क कसलाई पठाउने भन्ने ट्युङ्याउन नेकपा माओवादी केन्द्रको स्थायी समिती बैठक पेरिसडाँडामा सुरु भएको छ ।

    यसै गरी काङ्रेस सभापति देउवाले पनि आज दिउसोँ पधादिकारी बैठक बोलाएका छन भने जनता समाजवादी उपेन्द्र यादवले पनि बैठक बोलाएका छन । छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बोलाइएको नेता गंगा श्रेष्ठले जानकारी दिए ।

    जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा भए पनि अन्तिम टुंगो लागिसकेको छैन । सकेसम्म आजै जसपालाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाको छ । देउवाले आज अपराह्न प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् ।

    सर्वोच्च अदालतले सोमबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology