पोखरा ।नेकपा (एमाले) स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आज दिउँसो २ बजे बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएपछि बैठक स्थगित गरिएको एमालेले जनाएको छ। एमाले कार्यदलमा १० बुँदे सहमति भएपछि स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको थियो।
सर्वोच्च अदालतले नेपाली काङ्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमाधेश जारी गरे लगतै क कसलाई मन्त्री बनाउने भन्ने टुङ्याउन गठबन्धन दलहरु जुटेका छन ।
देउवाको नेतृत्वमा गठन हुने सरकारमा आफ्नो दलबाट क कसलाई पठाउने भन्ने ट्युङ्याउन नेकपा माओवादी केन्द्रको स्थायी समिती बैठक पेरिसडाँडामा सुरु भएको छ । यसै गरी काङ्रेस सभापति देउवाले पनि आज दिउसोँ पधादिकारी बैठक बोलाएका छन भने जनता समाजवादी उपेन्द्र यादवले पनि बैठक बोलाएका छन ।
छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बोलाइएको नेता गंगा श्रेष्ठले जानकारी दिए ।
जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा भए पनि अन्तिम टुंगो लागिसकेको छैन । सकेसम्म आजै जसपालाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाको छ ।
देउवाले आज अपराह्न प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । सर्वोच्च अदालतले सोमबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।