Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अदालतका रेफ्रीमा खास पक्षलाई जिताउने इच्छा जागृत भयो : केपी शर्मा ओली

अदालतका रेफ्रीमा खास पक्षलाई जिताउने इच्छा जागृत भयो : केपी शर्मा ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७८ मंगलवार • १६:०३:३५ बजे
  • 1.3K
    SHARES
  • अदालतका रेफ्रीमा खास पक्षलाई जिताउने इच्छा जागृत भयो : केपी शर्मा ओली

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गरिरहेका छन्। सोमबार सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छिन् ।

    images

    देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि ओली पदमुक्त भएका छन् । पदमुक्त भएपछि उनले सम्बोधन गरेका हुन्। मंगलबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीले अत्यधिक न्यायिक सक्रियताबाट कुनै गन्तव्यमा पुग्न नसकिने बताएका छन् । सर्वोच्च अदालतले रिट निवेदकले माग गरेको भन्दा पनि धेरै फैसला सुनाउने गरेको उल्लेख गर्दै उनले अदालतमा खराब रेफ्री हुँदा समस्या भएको बताए ।

    खेल खेल्ने जिम्मेवारी खेलाडीहरूको हो । तर रेफ्री स्वयंमा गोल गर्ने वा खास पक्षलाई जिताउने इच्छा जागृत भयो भने त्यसले जोखिम निम्त्याउँछ, देशवासीको नाममा सम्बोधन गर्दै ओलीले भने, ‘अझ सन्दर्भमै नउठेका वा बादी पक्षले मागदाबी नै नगरेका विषयमा समेत फैसला दिँदा जटिलता मात्रै बढाउँछ ।

    अहिले अदालतले संवैधानिक नैतिकताको विषय समेत उठाएको उल्लेख गर्दै आफ्ना लागि लोकतन्त्र जीवन भएको उल्लेख गर्दै आफ्नो चिन्ता राज्यका अङ्कहरूको निष्पक्षता, पवित्रता र स्वच्छतामाथि भएको बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # अदालत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology