Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र यस्तो छ,प्रधानमन्त्री नियुक्तिमा संविधान धारा नै गायब !

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र यस्तो छ,प्रधानमन्त्री नियुक्तिमा संविधान धारा नै गायब !

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २९, २०७८ मंगलवार • १७:२६:१७ बजे
  • 1.7K
    SHARES
  • राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र यस्तो छ,प्रधानमन्त्री नियुक्तिमा संविधान धारा नै गायब !

    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

    images

    राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको उल्लेख छ ।

    ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वोच्च अदालतको संवैधानिक इजलासको असार २८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयले सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    सर्वोच्चले सोमबार दिउँसो संसद पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन पाएका देउवालाई २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

    मंगलबार ५ बज्न एक घण्टा अगाडि राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको जानकारी दिएको छ ।

    संविधानको कुन धाराअनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको भन्ने राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छैन । जबकि देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका थिए, जसलाई राष्ट्रपतिले अस्वीकृत गरेपछि अदालत गएका थिए ।

    देउवालाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेताहरुले ‘जनादेशबाट होइन, परमादेशबाट नियुक्त प्रधानमन्त्री’ भनेका छन् । राष्ट्रपति कार्यालयले देउवालाई सर्वोच्चको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको बताएको छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology