काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदको शपथ ग्रहणका लागि शीतल निवास प्रवेश गरेका छन्। केही बेरअघि बूढानीलकण्ठस्थित निवासबाट निस्केका देउवा पांचौं पटक सपथ ग्रहण गर्न राष्ट्रपति भवन शीतल निवास प्रवेश गरेका हुन् ।
सोमबार सर्वोच्च अदालतको परमादेशको बलमा प्रधानमन्त्री बनेका देउवालाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्रीको सपथसँगै सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी गरिरहेका देउवाले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुनमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीलाई नियुक्ति गर्ने भएका छन्। यस्तै, माओवादी केन्द्रको तर्फबाट पनि अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाल मन्त्री बन्ने पक्का भएका छन।