अमेरिकामा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ। फ्लोरिडा र साउथ क्यारोलिनामा लगातार तेश्रो दिन संक्रमित संख्याले नयाँ रेकर्ड कायम गरेको छ।
फ्लोरिडा र साउथ क्यारोलिनासँगै मिसौरी र नेभेडा राज्यमा संक्रमणदर शनिबार नयाँ बिन्दुमा पुगेको छ।
शुक्रबार अमेरिकामा ३० हजार बढी नयाँ संक्रमित थपिएका छन्। यो संख्या मे १ यताकै उच्च हो। अमेरिकाका दक्षिण, पश्चिम र मध्य-पश्चिमका १९ राज्यमा कोरोना संक्रमितको संख्या बढिरहेको छ।
एजेन्सी