Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शपथ लिन अस्वीकार

राष्ट्रपतिले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार

राष्ट्रपतिले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २९, २०७८ मंगलवार • १८:५७:३१ बजे
  • 1.7K
    SHARES
  • राष्ट्रपतिले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार

    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् ।

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् । उनले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ ।

    राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छिन् ।

    तर देउवाले भने आफूले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेको र सर्वोच्च अदालतले त्यसै धारा अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको भन्दै राष्ट्रपतिलाई नियुक्ति सच्याउन आग्रह गरेका हुन् ।

    यस्तो छ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति

    Prss-realese.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology