Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सपथ ग्रहण ढिलाई भएपछी माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ शितलनिवासबाट बाहिरिए

सपथ ग्रहण ढिलाई भएपछी माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ शितलनिवासबाट बाहिरिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २९, २०७८ मंगलवार • १९:३२:३८ बजे
  • 1.3K
    SHARES
  • सपथ ग्रहण ढिलाई भएपछी माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ शितलनिवासबाट बाहिरिए

    पोखरा । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवम् राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठ शितलनिवासबाट बाहिरिएका छन् ।

    images

    प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाको सपथग्रहण कार्यक्रममा ढिलाई गरिएको भन्दै श्रेष्ठ बाहिरिएका हुन । सपथग्रहण ६ बजेको लागि तोकिएको भएपनि सो अनुसारको कुनै तयारी नगरिएको भन्दै श्रेष्ठ शितलनिवासबाट बाहिरिएका हुन् ।

    प्रधानमन्त्रीमा नियुक्त देउवासँगै कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्की, र माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुषालले सपथ लिने कार्यक्रम छ ।

    प्रधानमन्त्रीमा नियुक्त देउवाले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको विज्ञप्तीमा संविधानको कुनै धारा उल्लेख नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए । ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology