पोखरा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले भित्रका २३ नेताको गद्दारीले सरकार ढलेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत २३ नेताको नामा सार्वजनिक गर्दै थापाले उक्त आरोप लगाएका हुन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २३ नेतामाथि थापाले गद्दारी गरेको आरोप लगाएका हुन्।
उनले नेता नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाको वैशाखी बनेको समेत आरोप लगाएका छन्।
उनले सामजिक सञ्जालमा ट्विट गर्दै लेखेका छन "नेकपा एमाले र अध्यक्षकाे नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाकाे बैशाखी बन्ने र पहिलाे बधाई दिन आतुर माधव कु।नेपालकाे निम्ति त याे हर्षविभाेर क्षण हाेला!जनादेशविपरित परमादेशबाट श्री शेबदेकाे प्रममा नियुक्ति "हलाे ताछी मुङ्ग्राे बनाएजस्तै"हाे। यिनै २३काे गद्दारीकाे परिणाम त हाे!"

