Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बालुवाटार छाडेर बालकोट जाने तयारीमा ओली

बालुवाटार छाडेर बालकोट जाने तयारीमा ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७८ बुधवार • ०९:५१:५४ बजे
  • 961
    SHARES
  • बालुवाटार छाडेर बालकोट जाने तयारीमा ओली

    निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाडेर आफ्नो निजी निवास बालकोट जाने तयारीमा जुटेका छन्।

    images

    ओलीले बिहान ११ बजे बालुवाटार छाड्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त भएपछि ओलीले बालुवाटार छाड्न लागेका हुन् । देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजी निवास बूढानिलकण्ठ गएका थिए। उनी अब केही दिनमा सरकारी निवास बालुवाटार सर्नेछन्।

    ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पुर्‍याउने तयारी गरेको छ। यसको नेतृत्व महेश बस्नेतले गर्ने भएका छन् । ओलीलाई बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गर्न बस्नेतले तामझाम मिलाएका छन् ।

  • सम्बन्धित विषय:

  • # बालुवाटार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology