Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दक्षिण अफ्रिकामा दंगा भडकिँदा ७२ को मृत्यु

दक्षिण अफ्रिकामा दंगा भडकिँदा ७२ को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७८ बुधवार • ०९:५२:५४ बजे
  • 667
    SHARES
  • दक्षिण अफ्रिकामा दंगा भडकिँदा ७२ को मृत्यु

    एजेन्सी । पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । जुमा जेल चलान भएपछि दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेको छ । प्रदर्शनको क्रममा लुटपाट समेत भएको छ ।

    images

    सोवेतोमा रहेको सपिङ्ग सेन्टर सोमबार राति भएको लुटपाटको क्रममा भएको भागदौडका कारण १० जना मारिएका थिए । भुइँतलामा रहेको पसलमा लुटपाटको क्रममा आगजनी भएपछि डुर्बानको एक घरको माथिल्लो तलबाट शिशु फालिँदै गरेको देखिएको बिबिसीले उल्लेख गरेको छ । सो शिशुलाई भिडमा रहेकाहरुले समातेका थिए । गएको हप्तादेखि दक्षिण अफ्रिकामा प्रदर्शन तथा भिडन्त भइरहेको छ । अहिले हिंसा नियन्त्रणका लागि प्रहरीलाई सघाउन सेना परिचालन गरिएको छ । प्रहरीले दंगा भड्काउन मुख्य भूमिका खेल्ने १२ जनाको पहिचान गरिएको जनाएको छ । यस्तै १२ सय जना भन्दा बढिलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जानकारी दिएको छ ।

    राष्ट्रपति सिरिल रामाफोसाले सन् १९९० को दशक यता ठूलो हिंसात्मक गतिविधि अहिले दक्षिण अफ्रिकामा देखिएको बताएका छन् । राजमार्गहरु बन्द गरिएका छन् भने प्रमुख शहरका पसल तथा गोदामहरुमा लुटपाट र आगजनी भएको छ । लुटपाट कायम रहेमा चाँडै नै अत्यावश्यक सामग्रीको अभाव हुने मन्त्रीहरुले बताएका छन् । अहिलेसम्म कम्तीमा २०० सपिङ्ग मलमा लुटपाट भएको छ ।

  • सम्बन्धित विषय:

  • # दक्षिण अफ्रिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology