Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

भारतीय अखबारमा देउवाको सत्तारोहणलाई प्राथमिकता

भारतीय अखबारमा देउवाको सत्तारोहणलाई प्राथमिकता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७८ बुधवार • ०९:५४:५९ बजे
  • 871
    SHARES
  • भारतीय अखबारमा देउवाको सत्तारोहणलाई प्राथमिकता

    भारतीय अखबारहरुले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको विषयलाई प्राथमिकता दिएका छन् । भारतीय अखबारहरुले देउवाको सत्तारोहणका विषयमा सम्पादकीय नै लेखेका छन् । दि इन्डियन एक्सप्रेसले संसद भंगको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पक्षधरता देखाएको लेखेको छ ।

    images

    देउवाले २७५ मध्ये १४९ जनाको हस्ताक्षर बुझाउँदा पनि भण्डारीले प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकोबारे एक्सप्रेसले टिप्पणी गरेको छ । नेपाली कांग्रेस र देउवा भारतका लागि कुनै अपरिचित व्यक्ति नभएको र भारतीय राजनीतिक संस्थापनको परम्परागत मित्र भएको एक्सप्रेसले लेखेको छ । यस्तै टाइम्स अफ इन्डियाले आफ्नो सम्पादकीयमा नयाँदिल्लीले नेपालको राजनीतिक घटनाक्रमका सम्बन्धमा तटस्थ अडान लिनुपर्ने उल्लेख गरेको छ ।

     पत्रिकाले नयाँदिल्लीले सन् २०१५ मा संविधान जारी गरेपछि जस्तो हस्तक्षेप गरेको थियो, त्यसो गर्न नहुने लेखेको छ । दि हिन्दुस्तान टाइम्सले नेपालको प्रजातन्त्रलाई न्यायालयले उद्धार गरेको सम्पादकीय प्रकाशित गरेको छ ।  पत्रिकाले भारतले केपी ओलीलाई समर्थन गरेर आफैं प्रजातान्त्रिक मूल्य र मान्यताको गलत दिशामा उभिएको तर अब त्यो कोर्स परिवर्तन गर्नुपर्ने उल्लेख गरेको छ ।

  • सम्बन्धित विषय:

  • # भारतीय अखबार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology