Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ललिता निवास जग्गा प्रकरणमा मुछिएका विजयकुमार गच्छेदार विशेष अदालतमा हाजिर

ललिता निवास जग्गा प्रकरणमा मुछिएका विजयकुमार गच्छेदार विशेष अदालतमा हाजिर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ३०, २०७८ बुधवार • १२:०६:३४ बजे
  • 1.5K
    SHARES
  • ललिता निवास जग्गा प्रकरणमा मुछिएका विजयकुमार गच्छेदार विशेष अदालतमा हाजिर

    पोखरा । ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली काङ्रेसका उपसभापति विजयकुमार गच्छेदार आज विशेष अदालतमा हाजिर भएका छन ।

    images

    उनी बुध्वार अदालतमा हाजिर भएको उपरजिष्टार पुष्पराज पाण्डेयले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो । गच्छेदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई पनि मुद्दा दायर गरिएको थियो ।

    श्रेष्ठ ५ हजार रुपैयाँ धरौटीमा छुनेका छन् भने जोशीलाई साधारण तारेखमा अदालतले छाडेको छ । प्रतिवादीमध्ये तीन जना पूर्वसचिव थिए । उनीहरूमध्ये पूर्वसचिव दीप बस्न्यातलाई अदालतले थुनामा पठाएको थियो ।

    पूर्वसचिवद्वय दिनेशहरी अधिकारी र छविराज पन्तलाई पाँचपाँच लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

    ५० करोड भन्दा बढी बिगो माग दाबी गरिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनमबहादुर गुरुङलाई २ करोड धरौटीमा छाडिएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology