पोखरा । नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले आफुलाई पार्टी एकता रोक्न धम्कीपुर्ण फोन आएको बताएका छन ।
केही राजनैतिक दलका नेताहरुले एमाले बिभाजन हुन नरोक्न उनलाई दवाव र धम्कीपुर्ण फोन आएको बताएका हुन ।
बुधबार विज्ञप्ति जारी गर्दै रावलले भनेका छन्, ‘एमाले कतै विभाजनबाट रोकिने पो हो कि भनेर कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगाटाको पर्दा उघारी दिउँ कि जस्तो पो लाग्छ ।’ एमाले कार्यदलले असार २७ गते राति पार्टी एकताको सहमति गरेको थियो ।
माधव नेपाल समूहका नेता रावलको ओलीसँग निकटता बढेको र उनले पदकै लागि कार्यदलमा सहमति गरेको भन्दै टिप्पणी भइरहेका छन् । तर उनले आफ्नो चरित्र हत्या गर्न भ्रामक समाचार प्रकाशित गरिएको बताएका छन् ।
एमाले नेता रावलले २० असारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेको कुरा वरिष्ठ नेता नेपाल र रघुजी पन्तलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले ओलीसँगको भेटमा पदका बारेमा छलफल नै नभएको बताए ।