Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मलाई अनुहार र जात होइन, काम चाहिन्छ :अर्थमन्त्री शर्मा

मलाई अनुहार र जात होइन, काम चाहिन्छ :अर्थमन्त्री शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७८ बुधवार • १४:२०:५२ बजे
  • 1.5K
    SHARES
  • मलाई अनुहार र जात होइन, काम चाहिन्छ :अर्थमन्त्री शर्मा

    नवनियुक्त अर्थमन्त्री जनर्दन शर्माले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्रीले आफूले अनुहार, जात, झन्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् ।

    images

    कर्मचारीलाई सम्बोधन गर्दै उनले भने,“मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झन्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ ।” आफू अर्थमन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिनेलगायतका कारण रहेको उनले बताए ।

    मन्त्रालयबाट भइरहेको कामलाई आफूले निरन्तर अनुगमन, निर्देशन र सहयोग गर्ने भन्दै उनले कर्मचारीबाट समेत यस्तो सहयोगको अपेक्षा गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology