Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेमा माधव नेपालको लागि ठाउँ छैन : केपी शर्मा ओली

एमालेमा माधव नेपालको लागि ठाउँ छैन : केपी शर्मा ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७८ बुधवार • १४:२६:२८ बजे
  • 1.3K
    SHARES
  • एमालेमा माधव नेपालको लागि ठाउँ छैन :  केपी शर्मा ओली

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले सर्वोच्च अदालतले जनताको अधिकार खोसेको आरोप लगाएका छन्। प्रधानमन्त्री पदबाट अपदस्त भएपछि बालुवाटारबाट निजी निवास बालकोट फर्किएका ओलीले अदालतले प्रधानमन्त्री छानेर जात्रा देखाएको टिप्पणी गरे। बालकोट निवासमा पुगेपछि बार्दलीबाट सम्बोधन गर्दै ओलीले भने, 'जनताको अधिकार खोसिएको छ।

    images

    अदालतबाट प्रधानमन्त्री छान्ने जात्रा देखाइएको छ।' ओलीले अदालतमा निवेदन हालेर सधैं सरकार नपाइने समेत बताए। ओलीले नेकपा (एमाले)मा माधवकुमार नेपालले आत्मालोचना समेत गर्ने कुनै स्थान नभएको बताएका छन्। माधवकुमार नेपाल समूहसँग एकताको वार्ता अन्तिम चरणमा पुगेको दाबी एमाले नेताहरुले गरिरहँदा ओली नेपालविरुद्ध झनै आक्रामक भएका हुन्।

    मंगलवारको विदाई सम्बोधनमा पनि ओलीले नेपाललाई 'अराजक'को संज्ञा दिएका थिए। बुधवार बालकोटमा पुगेपछि ओलीले भने, 'माधव नेपालजस्ता लाजसरम हराएका मान्छेहरु। पार्टीमा माधव नेपालको हकमा अत्मालोचन गर्ने कुनै ठाउँ छैन।' ओलीले आफ्नो सरकारले सबैलाई पुग्ने गरि खोप ल्याएको दाव समेत दोहोर्‍याए।

    आफूहरुले खोप ल्याइसकेपछि शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले भने खोप ल्याउने भनिरहेको उनको दावी थियो। 'सबैलाई पुग्ने खोपको व्यवस्था गरेका छौं। नयाँ सरकार बनेपछि खोप आउछ भन्नुहुन्छ।। हामीले ल्याइदिएको खोप आउछ भन्नुहुन्छ,' ओलीले भने। बालकोट पुगेका ओलीलाई युवा संघ र एमालेका अन्य भातृ संगठनहरुले सफल कार्यकालका लागि बधाई दिँदै अभिनन्दन गरेका थिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology