Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तानमा शक्तिशाली बम बिस्फोट हुँदा ९ चिनियाँ नागरिकसहित १२ जनाको मृत्यु

पाकिस्तानमा शक्तिशाली बम बिस्फोट हुँदा ९ चिनियाँ नागरिकसहित १२ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७८ बुधवार • २१:०७:१७ बजे
  • 2.2K
    SHARES
  • पाकिस्तानमा शक्तिशाली बम बिस्फोट हुँदा ९ चिनियाँ नागरिकसहित १२ जनाको मृत्यु

    एजेन्सी । पाकिस्तानमा उत्तर पश्चिमी क्षेत्रमा बुधबार एक शक्तिशाली बम बिस्फोट हुँदा नौ जना चिनियाँ नागरिकसहित १२ जनाको मृत्यु भएको छ । तीन जना पाकिस्तानी नागरिक रहेको खुलेको छ। पाकिस्तानस्थित चिनियाँ दूतावासले उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेको छ ।

    images

    स्थानीय समय बुधबार बिहान सात बजे चिनियाँ कम्पनीले निर्माणको लागि ठेक्का लिएको दासु हाइड्रोपावर प्रोजेक्टको शटल गाडीहरू निर्माण स्थलतर्फ जाँदै गर्दा विस्फोट भएको थियो । दूतावासले विस्फोटपछि तत्काल आपतकालीन प्रतिरोध संयन्त्रलाई सक्रिय गर्दै पाकिस्तानी पक्षलाई उद्धार र उपचारको सेवाका लागि अनुरोध गरेको छ । पाकिस्तानमा चिनियाँ संस्था, परियोजना र श्रमिकहरूले यस घटनाको जतिसक्दो छिट्टै सत्यतथ्य पत्ता लगाउँन आग्रह गरेको छ । बम विष्फोट भएपछि पाकिस्तानी सेनाले उद्धार कार्य आरम्भ गरी घाइतेहरूलाई स्थानान्तरण गर्न हेलिकप्टर पठाएको छ ।

    दूतावासले उक्त बममा विष्फोटमा घाइते तथा मृतकप्रति हार्दिक संवेदना र दुख व्यक्त गरेको छ । जिल्लाका डेपुटी कमिस्नर मुहम्मद आरिफले सञ्चारमाध्यमसँग भने, ‘गम्भीर घाइतेहरुलाई प्रान्तको राम्रो सुविधा भएका अस्पतालमा लगिएको छ र सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हाली खोजी अभियान सुरु गरेको छ ।

    घटनाको कुनै समूह वा व्यक्तिले जिम्मा लिएको छैन । ‘यो बम विस्फोट हो वा दुर्घटना हो, वास्तवमै के भयो भनेर हामी अहिलेसम्म स्पष्ट छैनौं,पाकिस्तानका सरकारी अधिकारीहरुले भने भने, पुलिसले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि अवस्था स्पष्ट हुनेछ।

  • सम्बन्धित विषय:

  • # पाकिस्तान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology