Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित

नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७८ बिहिवार • ०९:२६:४७ बजे
  • 619
    SHARES
  • नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित

    आजलाई डाकिएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको जानकारी दिए । अब बैठक शुक्रबार बस्ने उनले बताए ।

    images

    यसअघि भदौमा हुने पार्टीको १४ औैं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न भन्दै आज दिउँसो २ बजे बैठक बोलाइएको थियो ।

    शुक्रबार बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology