Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा फेरि कोरोना संक्रमित बढ्दै

भारतमा फेरि कोरोना संक्रमित बढ्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७८ बिहिवार • ०९:४८:२८ बजे
  • 1.4K
    SHARES
  • भारतमा फेरि कोरोना संक्रमित बढ्दै

    केही दिनयता भारतमा कोरोनाका संक्रमितको संख्या बढ्न थालेको छ । दुई दिन अघि दैनिक ३० हजार संक्रमित रहेकामा पछिल्लो समय दैनिक ४० हजारभन्दा बढी संक्रमित थपिन लागेका छन् । हालसम्म भारतमा ४ लाख १२ हजार १९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टमा ५०८ जनाले ज्यान गुमाएका छन्।

    images

    यस्तै गत २४ घण्टामा ३९ हजार निको भएर घर फर्केका छन। ३ करोड ९ लाख बढी संक्रमित पुगेको भारतमा ३ करोड १ लाख निको भएका छन्। कोरोना संक्रमित निको हुनेको दर भारतमा करिव ९७ प्रतिशत रहेको छ। विश्वमा हालसम्म १८ करोड ९१ लाख ३२ हजार ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    गत २४ घण्टामा पनि ५ लाख ४६ हजार ५७७ जना कोरोनाका संक्रमित थपिएका छन्। गत २४ घण्टामा मृत्यु भएका आठ हजार पाँच सय ७८ सँगै विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख ७३ हजार नौ सय ४५ पुगेको छ। हालसम्म १७ करोड २७ लाख ७२ हजार सात सय ४९ जना निको भएका छन्।

  • सम्बन्धित विषय:

  • # भारत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology