Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मध्यरातमा कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य

मध्यरातमा कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७८ बिहिवार • ०९:५०:१६ बजे
  • 1.1K
    SHARES
  • मध्यरातमा कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य

    कर्णाली प्रदेशमा मध्य रातमा प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गएराति १२ बजेदेखि चालु आठौं अधिवेशन अन्त्य गरेका हुन्।

    images

    अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिए । प्रदेश सरकारले अब अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ। नेकपा एमालेका सांसदहरूले लगातार प्रदेश सभा अवरूद्ध गरेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो ।

    एमाले सांसदहरूले प्रदेश सभा अवरूद्ध गरेपछि बजेट पारित हुन सकेको थिएन। प्रदेश सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्नुपर्ने बाध्यता छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology