राजु लामिछाने । लामो समयदेखि रोगले थलिएर बिस्तरामा परेकी नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहालको अवस्था नाजुक छ । पार्किन्सन्सकी बिरामी सीताले आँखाले देख्न छोडिसक्नुभएको छ । तर स्मरणशक्ति गुमिसकेको छैन ।
निकटस्थलाई आवाजले नै चिन्ने उहाँलाई भेट्न हिजो जनयुध्दका सहयात्री नेपाल कम्युनिष्ट पार्टी नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव घरैमा पुग्नुभयो । बिस्तरामा लम्पसार परेकी सीताले विप्लवलाई देखेर ठम्याउने सम्भावना थिएन ।
एकैछिन सीतालाई हेरिरहेका विप्लव बोल्नुभयो, ‘भाउजू,म के म’ । देखेर ठम्याउन नसक्ने,बोलेर व्यक्त गर्न नसक्ने बिरामी अवस्थाकी सीतालाई भाउजू शब्द चिरपरिचित थियो ।
बोली सुनेपछि सहयोगीको आड लागेर बसेकी सीताले विप्लवको दुवै हात स्पर्श गर्दै अनुहार हेरिरहनुभयो । सीताको विप्लवप्रतिको मातृत्व र ममता तथा विप्लवको सीताप्रतिको आदरभाव तस्बिरले पनि प्रष्ट पार्छ ।
आमा सीता र विप्लववीचको भेटको यो सुन्दर तस्बिर छोरी गंगा दाहालले फेसबुकमा पुनर्मिलनको एउटा तस्बिर भन्दै राख्नुभयो ।
पारिवारिक विछोडमा रहेको विप्लव र प्रचण्ड परिवारवीचको यो मिलनको तस्बिरले प्रचण्ड परिवारमा खुशी छाएको अभिव्यक्ति हो गंगाको स्टाटस । जन आस्था खबरबाट