Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जाँदाजाँदै ओली सरकारले पालो मिचेर सचिव बढुवा गर्यो

जाँदाजाँदै ओली सरकारले पालो मिचेर सचिव बढुवा गर्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७८ बिहिवार • १०:२९:१५ बजे
  • 679
    SHARES
  • जाँदाजाँदै ओली सरकारले पालो मिचेर सचिव बढुवा गर्यो

    केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । तीनपटकसम्म बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरिएका एक नम्बरमा रहेका व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको छ ।

    images

    गत सोमबार बसेको ओली सरकारको अन्तिम मन्त्रिपरिषद्को बैठकले सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस गरिएका इन्जिनियरिङ सेवातर्फका वरिष्ठ सहसचिव राजेन्द्रप्रसाद खनाललाई सचिव पदमा बढुवा गरेको छ । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology