Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एका बिहानै विप्लवले भेटे माधव नेपाललाई,के के भयो कुराकानी ?

एका बिहानै विप्लवले भेटे माधव नेपाललाई,के के भयो कुराकानी ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ३१, २०७८ बिहिवार • ११:००:४८ बजे
  • 1.8K
    SHARES
  • एका बिहानै विप्लवले भेटे माधव नेपाललाई,के के भयो कुराकानी ?

    केपी ओलीको सरकार सँग ३ बुदेँ सहम्ति गरेर शान्ति प्रकियामा आएका नेकपाका महासचिव विप्लवले शेरबहादुर देउवाको सरकार बने लगतै राजनैतिक भेटघाटलाई तिव्र बनाएका छन ।

    images

    बुधवार मात्रै जनयुद्दमा सुप्रिमो कमाण्डर समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेटेका विप्लव बिहिवार बिहानै नेकपा एमालेका नेता माधव कुमार नेपाललाई उनकै कोटेश्वर स्थित निवासमा भेटेका छन ।

    नेता नेपालको सचिवालयले दिएको जानकारीअनुसार विप्लव र धर्मेन्द्र बाँस्तोलाले नेपालसँग कुराकानी गरेका हुन्। उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो।

    जब विप्लवले प्रचण्ड पत्नीलाई भन्नुभयो,‘भाउजू,म के म’

    लामो समयदेखि रोगले थलिएर बिस्तरामा परेकी नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहालको अवस्था नाजुक छ । पार्किन्सन्सकी बिरामी सीताले आँखाले देख्न छोडिसक्नुभएको छ । तर स्मरणशक्ति गुमिसकेको छैन ।

    निकटस्थलाई आवाजले नै चिन्ने उहाँलाई भेट्न हिजो जनयुध्दका सहयात्री नेपाल कम्युनिष्ट पार्टी नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव घरैमा पुग्नुभयो । बिस्तरामा लम्पसार परेकी सीताले विप्लवलाई देखेर ठम्याउने सम्भावना थिएन । एकैछिन सीतालाई हेरिरहेका विप्लव बोल्नुभयो, ‘भाउजू,म के म’ । देखेर ठम्याउन नसक्ने,बोलेर व्यक्त गर्न नसक्ने बिरामी अवस्थाकी सीतालाई भाउजू शब्द चिरपरिचित थियो । बोली सुनेपछि सहयोगीको आड लागेर बसेकी सीताले विप्लवको दुवै हात स्पर्श गर्दै अनुहार हेरिरहनुभयो ।

    सीताको विप्लवप्रतिको मातृत्व र ममता तथा विप्लवको सीताप्रतिको आदरभाव तस्बिरले पनि प्रष्ट पार्छ । आमा सीता र विप्लववीचको भेटको यो सुन्दर तस्बिर छोरी गंगा दाहालले फेसबुकमा पुनर्मिलनको एउटा तस्बिर भन्दै राख्नुभयो ।

    पारिवारिक विछोडमा रहेको विप्लव र प्रचण्ड परिवारवीचको यो मिलनको तस्बिरले प्रचण्ड परिवारमा खुशी छाएको अभिव्यक्ति हो गंगाको स्टाटस ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology