Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्रिपरिषद बैठक बस्दै, संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने

मन्त्रिपरिषद बैठक बस्दै, संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ३१, २०७८ बिहिवार • ११:३१:५७ बजे
  • 1.1K
    SHARES
  • मन्त्रिपरिषद बैठक बस्दै, संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने

    पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको दोस्रो वैठक आज बोलाएको छ । आज दिउँसो २ बजे बैठक मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

    images

    प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार आजको बैठकले पुनःस्थापित प्रतिनिधिसभा वैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्ने सम्भावना छ ।

    सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गरी ७ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेको थियो । मंगलबार प्रधानमन्त्री देउवासँगै चारजना मन्त्री मात्र नियुक्त भएका थिए । सोही दिन बसेको पहिलो बैठकले चैतसम्म सबै नेपालीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद विस्तार गर्नेबारे प्रधानमन्त्रीले गठबन्धनका दलहरुसँग छलफल गरिरहेका छन् ।

    बुधबार पनि आफूलाई प्रधानमन्त्री बनाउन सघाउने नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेटेर देउवाले मन्त्रीमण्डलमा आउन आह्वान गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology