शुक्रबार नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि पहिलो पटक स्थायी कमिटी र्बठक बस्ने लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक अहिले बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बस्नेछ। बैठकका लागि ३ एजेन्डा तय गरिएको जानकारी दिए।
आजको बैठकमा मूलतः ३ एजेन्डामा छलफल गर्छौं,’ कार्यालय सचिव तामाङले भने, ‘१० बुँदे सहमति छलफल र अनुमोदन, सर्वोच्च अदालतको फैसला र संसदमा हाम्रो भूमिका र केन्द्रीय कमिटी बैठक चाँडै राख्ने निर्णय र त्यसका एजेन्डाबारे छलफल।’ उनले माधव नेपाल पक्षका नेताहरूलाई बैठकमा निमन्त्रणा गरिएको जानकारी दिए।
पार्टी जेठ २ (२०७५) मा फर्किएको हुनाले त्यसअनुसारका सदस्य सबैलाईं बैठकमा बोलाएका छौं,’ तामाङले भने, ‘सहभागी हुने नहुने त्यो उहाँहरूको पर्सनल कुरा भयो।’ एमालेका दुई पक्ष (ओली र माधव नेपाल) एकताका लागि यसको पहलका लागि बनेको कार्यदलले यही असार २७ गते १० बुँदे सहमति जुटाएको छ।
यस्तै ओलीले आजै एमालेको संसदीय दलको बैठक पनि राख्ने भएका छन्। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीको बैठकपछि दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित ल्हो्रत्से हलमा संसदीय दलको बैठक बस्नेछ। यसैबीच माधव नेपालले भने ओलीले बोलाएको संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने बताइसकेका छन्।