Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बजेट पास गर्न नसकेपछि लुम्बिनीमा मध्यरातमा अधिवेशन अन्त्य

बजेट पास गर्न नसकेपछि लुम्बिनीमा मध्यरातमा अधिवेशन अन्त्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७८ शुक्रवार • ०९:२७:०३ बजे
  • 1.1K
    SHARES
  • बजेट पास गर्न नसकेपछि लुम्बिनीमा मध्यरातमा अधिवेशन अन्त्य

    बजेट पास गर्न नसकेपछि लुम्बिनी प्रदेशसभाको अधिवेशन मध्य रातमा अन्त्य गरिएको छ। लुम्बिनी प्रदेश, मन्त्रीपरिषदको बिहीबारको निर्णय बमोजिम मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भए अनुसार चालु आठौँ अधिवेशन मध्यराति १२ बजेदेखि अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

    images

    नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। लुम्बिनी प्रदेशसभामा बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षले बैठक बहिस्कार गरेको थियो।

    बजेट पास गर्न सत्तारुढ दलसँग बहुमत पुग्ने नदेखिएपछि सत्तारुढ दलका सांसदहरु बैठक हलबाट बाहिरिएका थिए। प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले सरकार अल्पमतमा रहेकाले बजेट पास हुन नसक्ने बताए । ८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाका तीनजना गरी ४१ सांसद छन् भने विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपाका ३ जना र राष्टिय जनमोर्चाका १ जना गरी ४२ जना छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology