Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विप्लव नेकपाका नेता वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

विप्लव नेकपाका नेता वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १, २०७८ शुक्रवार • ११:३५:२८ बजे
  • 388
    SHARES
  • विप्लव नेकपाका नेता वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    पोखरा । नेकपाका नेता हेमन्त प्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश प्रकाश ढुंगाना र मनोजकुमार शर्माको इजलासले उनलाई मानवियताका आधारमा थुनामुक्त गर्न आदेश दिएको हो।

    images

    केहीवर्षअघि ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विप्लव नेकपले गराएको बम विष्फोटमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो। उनलाई प्रहरीले हतियार तथा खरखजाना मुद्दा लगाएको थियो। ललितपुर जिल्ला अदालतले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। सो आदेश उच्च अदालत पाटनले सदर गरिदियो।

    पाटनको आदेश बदर गर्न माग गर्दै वलीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। अहिले उनी मुटुको उपचारका लागि शहिद गंगालाल हृदयकेन्द्रमा भर्ना भएको भन्ने डाक्टरको सिफारिसका आधारमा सर्वोच्चले यस्तो आदेश दिएको बताएको छ।

    'उच्च अदालत पाटनको आदेश हालको निजको स्वास्थ्यको कारण जीवन रक्षार्थ मानवीय दृष्टीकोणले वेमनासिव भई बेरितको देखिँदा बदर गरिदिएको छ। निज निवेदक वलीको हकमा पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दाको पुर्पक्षको लागि साधारण तारेखमा रिहा गरिदिनुहोला,' सर्वोच्चको आदेशमा भनिएको छ।

    तीन वर्षअघि भएको एनसेल मुख्यालयमा बम विस्फोटका उनी योजनाकार भएको आरोप लागेको थियो। उक्त बम विस्फोटमा हुँदा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मृत्यु भएको थियो।

    विस्फोटमा ललितपुर–४ की २६ वर्षीया प्रतीक्षा खड्का र बनेपाकी २५ वर्षीया उरूसा मानन्धर घाइते भएका थिए। काभ्रेबाट काठमाडौं आइरहेको विशेष सूचनाका आधारमा दुई वर्षअघि प्रहरीको टोलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका मध्ये कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वलीसहित आठ जनालाई पक्राउ गरेको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology