Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेको स्थायी कमिटीको बैठकमा वामदेव गौतम अनुपस्थित

एमालेको स्थायी कमिटीको बैठकमा वामदेव गौतम अनुपस्थित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १, २०७८ शुक्रवार • १४:५८:२४ बजे
  • 922
    SHARES
  • एमालेको स्थायी कमिटीको बैठकमा वामदेव गौतम अनुपस्थित

    पोखरा । आज सबेको नेकपा एमालेको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् ।

    images

    यस अघि असार १८ र १९ गते बसेको केन्द्रीय कमिटी बैठकमा गौतम सहभागी भएका थिए । असार २८ गते बालुवाटारमा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा पनि गौतम सहभागी थिए ।

    पुष्पलाल स्मृति प्रतिष्ठानको हलमा जारी शुक्रवारको स्थायी कमिटी बैठकमा गौतम उपस्थित भएका छैनन् ।

    असार १८ गते केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गौतमले आफू कुनै पक्षमा नलागेको र एकताको पक्षमा लाग्ने बताएका थिए ।

    बैठकले पार्टी विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको एकतासम्बन्धी १०बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । पार्टी सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले उक्त प्रस्तावलाई ग्रहण गर्दै अनुमोदन गरेको र कार्यान्वयनमा लैजाने निर्णय भएको जानकारी दिए ।

    पार्टी विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच १० सदस्यीय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले लामो समय लगाएर १० बुँदे प्रस्ताव तयार पारेको थियो । कार्यदलमा केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल र नेपाल समूहबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त रहेका थिए ।

    यस्तै, बैठकले सक्रिय प्रतिपक्षका रूपमा रचनात्मक भूमिका निर्वाह गर्ने तथा पार्टीका सांसदहरूलाई देउवा सरकारले अगाडि सार्ने विश्वासको मतको विपक्षमा उभिन निर्देशन दिने निर्णय गरेको पनि नेता ज्ञवालीले जानकारी दिए । स्थायी कमिटीको बैठक सम्पन्न भएलगत्तै एमाले संसदीय दलको बैठक संसद् भवन नयाँ बानेश्वरमा आजै बस्नेछ ।

    नेपाल समूहका कार्यदल सदस्यहरू भने बाहिरिए

    य्दपी बैठकमा सहभागी भएका माधव नेपाल समूहका कार्यदल सदस्यहरू भने बाहिरिएका छन् । नेपाल समूहका कार्यदल सदस्यहरूले पार्टी एकतालाई अगाडि बढाउन बैठक स्थगित गर्न र कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावमा छलफल गरेर अगाडि बढ्न आग्रह गरेका थिए ।

    अध्यक्ष केपी ओलीले बैठक रोक्न नमानेपछि आफूहरू बैठकबाट बाहिरिएको नेता भीम रावलले बताए । बैठकमा माधव नेपाल समूहका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे सहभागी भएका थिए ।

    पार्टी एकता जोगाउन कार्यदलले तयार पारेको प्रस्तावको कार्यान्वयन गर्नुको कुनै विकल्प नभएको र त्यसका लागि आफ्नो समूह इमानदार रहेको नेता रावलले जानकारी दिए ।

    पार्टी एकता जोगाउन अध्यक्षलाई गम्भीर र जिम्मेवार भएर प्रस्तुत हुनसमेत आग्रह गरिएको रावलले बताए । पार्टी स्थायी कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको थियाे ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology