Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्री देउवालाई बधाई दिन पुगिन् चिनियाँ राजदूत

प्रधानमन्त्री देउवालाई बधाई दिन पुगिन् चिनियाँ राजदूत

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १, २०७८ शुक्रवार • १५:३९:२४ बजे
  • 2.6K
    SHARES
  • प्रधानमन्त्री देउवालाई बधाई दिन पुगिन् चिनियाँ राजदूत

    पोखरा । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएकी छन् ।

    images

    देउवालाई भेट्न राजदूत यान्छी बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेकी थिइन् । भेटमा प्रधानमन्त्री देउवाले बधाईका लागि चिनियाँ राजदूतलाई धन्यवाद दिँदै नेपाल-चीन सम्बन्ध मजबुत बनाउन आफू लागि पर्ने बताएका थिए ।

    ट्वीट गर्दै प्रधानमन्त्री देउवाले नेपाल र चीनको सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो प्रयास रहने उल्लेख गरेका हुन्। यसअघि देउवालाई बुढानीलकण्ठ पुगेर अमेरिकी राजदूत र्‍यान्डी बेरी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका थिए।

    देउवाले भारतीय र चिनियाँ सहकर्मीका तर्फबाट प्रत्यक्षरूपमा भने अहिलेसम्म बधाई पाएका छैनन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology