Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरकारलाई विश्वासको मत दिने जनमोर्चाको निर्णय

सरकारलाई विश्वासको मत दिने जनमोर्चाको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७८ शनिवार • १३:०७:५९ बजे
  • 1.2K
    SHARES
  • सरकारलाई विश्वासको मत दिने जनमोर्चाको निर्णय

    राष्ट्रिय जनमोर्चाले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको अध्यक्षतमा बसेको बैठकले नवगठित देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वासको मत दिने निर्णय गरेको हो ।

    images

    जनमोर्चाले संसद् विघटन बदरको फैसला गर्ने सर्वोच्च अदालतको संवैधानिक इजलास तथा संसद्को पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्ने पक्षमा बहस पैरवी गर्ने सम्पूर्ण कानुन व्यवसायीहरुलाई धन्यवाद समेत दिएको छ ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथि अझै षड्यन्त्र गर्न सक्ने हुनाले यसप्रति सचेत हुन पनि आग्रह गरेको छ । उसले गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षताको रक्षाको आन्दोलनमा ध्यान केन्द्रित हुनुपर्ने जनाएका छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # सरकार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology