Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रचण्ड र नेपालबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७८ शनिवार • १६:१७:३३ बजे
  • 2.1K
    SHARES
  • प्रचण्ड र नेपालबीच भेटवार्ता

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । नेपाललाई भेट्न आज अध्यक्ष प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् । प्रचण्ड केहि बेर छलफल गरेर बाहिएको नेपालको सचिवालयले जानकारी दिएको छ । यद्यपी छलफलका बारेमा भने खुलाइएको छैन ।

    images

    नेपालकै सहयोगमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेसले माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार गठन गरेको छ ।

    कांग्रेस सभापति शेरबहदुर देउवा पनि आफू प्रधानमन्त्री बनेलगत्तै नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । देउवा मन्त्रीमण्डल विस्तारमा रहेका बेला भएको प्रचण्ड र नेपालको भेटलाई अर्थपूर्ण मानिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड र नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology