Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जसपाका ठाकुर पक्षमा रहेका चार सांसदले गरे कित्ता परिर्वतन, ओली र ठाकुर बीच भेटवार्ता

जसपाका ठाकुर पक्षमा रहेका चार सांसदले गरे कित्ता परिर्वतन, ओली र ठाकुर बीच भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २, २०७८ शनिवार • १६:४५:३१ बजे
  • 820
    SHARES
  • जसपाका ठाकुर पक्षमा रहेका चार सांसदले गरे कित्ता परिर्वतन, ओली र ठाकुर बीच भेटवार्ता

    पोखरा । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसदले कित्ता परिर्वतन गरेका छन् ।

    images

    अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् । पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् ।

    ठाकुर पक्षका नेताहरुका अनुसार चारै जना शुक्रबार पार्टी कार्यालयमा भएको छलफलमा अनुपस्थित थिए । यससँगै ३२ सदस्यीय संसदीय दलमा दुबै पक्षको १६-१६ भएको छ ।

    तर ठाकुर पक्षमा रहेका थप केही सांसद आउने यादव पक्षका एक नेताको दाबी छ ।

    एमाले अध्यक्ष ओली र महन्थ ठाकुरसहितका नेताहरुबीच भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ ।

    निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शजिबार विहान बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि शिष्टाचार भेटका लागि बालकोट गएको र सामान्य कुराकानी भएको नेता भण्डारीले बताए ।

    भोलि आइतबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाइएको छ । संसद अधिवेशन चलेका बेला कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा भने खासै छलफल नभएको नेताहरुले बताएका छन् । एक नेता भन्छन्, ‘आवश्यक पर्‍यो भने भोलि पर्सि छलफल होला, आज केही भएन ।’

    जसपामा चर्को अन्तरविरोध रहेका बेला ठाकुर पक्षका नेताहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए । ओलीले पनि ठाकुर पक्षका नेताहरुलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा लगेका थिए । तर १९ दिनमै सर्वोच्च अदालतको आदेशका कारण ठाकुर पक्ष सरकारबाट बाहिरिएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology