पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यबीच भेटवार्ता भएको छ ।
पछिल्लो समय राजनीति भेटवार्तालाई तीव्रता दिएका चन्दले शनिबार वैद्यसँग भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक विषयमा छलफल भएको चन्द निकट नेताहरुले बताएका छन् ।
भित्री कुराकानी नखुलाएपनि माओवादी ध्रुवीकरणका विषयमा छलफल भएको नेताहरुको भनाइ छ । तत्कालिन एकिकृत माओवादी केन्द्रबाट छुट्टिएका वैद्य र चन्द पछि अलग्गिएका थिए ।
वैद्यको कार्यशैलीबाट असन्तुष्ट रहेका चन्दले छुट्टै पार्टी गठन गरेका थिए ।