Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घिमिरेमाथि आक्रमण गर्नेलाई कारवाही गर्न सभापति देउवाको निर्देशन

घिमिरेमाथि आक्रमण गर्नेलाई कारवाही गर्न सभापति देउवाको निर्देशन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २, २०७८ शनिवार • १९:४३:१७ बजे
  • 718
    SHARES
  • घिमिरेमाथि आक्रमण गर्नेलाई कारवाही गर्न सभापति देउवाको निर्देशन

    पोखरा । नेपाली काँग्रेस पधाधिकारी बैठकले क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ ।

    images

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिएको हो ।सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका व्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कारवाहीको टुंगो लगाउन बैठकले अनुशासन समितिलाई निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    छानविन समितिका सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यता छानविन स्थल गौशालास्थित धर्मशालामा कुटपिट भएको थियो । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए ।

    आफूहरू निकटलाई सदस्यता नदिइने काम गरिएको भन्दै घिमिरेलाई हरिशरण श्रेष्ठको नेतृत्वमा आएका कार्यकर्ताले गेटमा बोलाएर हातपात गरेका थिए । १३ औं महाधिवेशनमा क्रियाशीललाई मात्र मान्यता दिन सिफारिस गर्ने छानविन समितिको तयारीपछि केन्द्रीय सदस्य मोहन बस्नेतले शुक्रबार विहान फोन गरेर धम्की दिएको घिमिरेले बताए बस्नेतकै निर्देशनमा आफूमाथि हातपात भएको घिमिरेको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology