Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रदेश २ मा माओवादीका दुई मन्त्रीले लिए सपथ

प्रदेश २ मा माओवादीका दुई मन्त्रीले लिए सपथ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २, २०७८ शनिवार • १९:५१:१७ बजे
  • 1.0K
    SHARES
  • प्रदेश २ मा माओवादीका दुई मन्त्रीले लिए सपथ

    पोखरा । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह र रुवी कर्णले मन्त्री पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    images

    आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका हुन् । कर्णलाई पनि आन्तारिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    नवनियुक्त मन्त्रीद्वयले शहीदको नाममा सपथ लिएका छन् ।

    भाषाको विवादले डेढ घण्टा ढिलो सपथ

    सपथ ग्रहणको समय अपरान्ह ३ बजे निर्धारण गरिएपनि डेढ घण्टा पछि सुरु भएको थियो । मन्त्रीद्वयले मातृभाषा मैथिलीमा सपथ लिने अडान लिएका कारण ढिलो गरि सपथ ग्रहणको कार्यक्रम सुरु भएको थियो ।

    तर कानून अभावका कारण नेपाली भाषामा सपथ लिनु परेको मन्त्री साहले बताए । सपथ ग्रहणलगत्तै उनले मातृभाषामा सपथ सम्बन्धि विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    यसअघि जनता समाजवादी पार्टी नेपालबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री रहेका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री रहेका सरोजकुमार कुशवाहाले राजीनामा दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # सपथ ग्रहण
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology