Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ब्राजिलका राष्ट्रपतिका पत्नी र मन्त्रीलाई कोरोना

ब्राजिलका राष्ट्रपतिका पत्नी र मन्त्रीलाई कोरोना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १६, २०७७ शुक्रवार • १६:१६:२१ बजे
  • 4.0K
    SHARES
  • ब्राजिलका राष्ट्रपतिका पत्नी र मन्त्रीलाई कोरोना
    ब्राजिल : ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोकी पत्नी र उनको मन्त्रिमण्डलका एक मन्त्रीमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

    सरकारले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । ब्राजिल अमेरिकापछि दोस्रो ठूलो कोरोना प्रभावित देश हो । यसअघि ब्राजिलका राष्ट्रपति बोल्सोनारो पनि कोरोना संक्रमित भएका थिए । बोल्सोनारोले आफूलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट आएको भन्दै संक्रमणबाट मुक्त भएको केही घण्टामै उनकी पत्नी मिसेलमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

    बोल्सोनारो यसअघि नै संक्रमित भएपछि क्वारेन्टाइनमा बसेका थिए । ‘प्रथम महिला मिसेल बोल्सोनारोमा बिहीबार कोभिड १९ परीक्षणको पोजिटिभ रिपोर्ट आएको छ । उनको स्वास्थ्य अहिले ठीक छ । र सबै मापदण्ड पालना गर्नेछिन्,’ विज्ञप्तिमा भनिएको छ ।

    बिहीबार बिहानै ब्राजिलका विज्ञान तथा प्रविधिमन्त्री मार्कोस पोन्टेस पनि कोरोना संक्रमित भएको पुष्टि भएको हो । यससँगै बोल्सोनारोको सरकारमा कोरोना संक्रमित बन्ने मार्कोस पाँचौँ मन्त्री हुन् ।

    यहाँको स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार ब्राजिलमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ९० हजार पुगिसकेको छ । साथै २५ लाखमा संक्रमण देखिएको छ । मन्त्री पोन्टेसले फेसबुकबाट पनि आफू संक्रमित भएको खबर सार्वजनिक गरेका छन् । साथै क्वारेन्टाइनमा बस्न थालेको जानकारी दिए । ‘मलाई कोरोनाभाइरस संक्रमणको पोजिटिभ रिपोर्ट आएको छ । म ठीक छु, फ्लूको लक्षण र टाउको दुखाइ मात्रै हो,’ उनले भनेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology