पोखरा । जसपाको उपेन्द्र यादव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा सात मन्त्री र एक राज्यमन्त्री माग गरेको छ ।
जसपाका पाँच सांसदले महन्थ ठाकुर पक्ष छाडेर उपेन्द्रलाई साथ दिएपछि उपेन्द्र बलियो बनेको छ । पहिले ठाकुर पक्षमा लागेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानीले यादव पक्षलाई साथ दिएका छन् । उपेन्द्र पक्ष अन्य सांसद पनि आफ्नो पक्षमा पार्ने कसरतमा जुटेको छ ।
सरकारमा पार्टीको सहभागिताबारे छलफलका लागि यादव पक्षले शनिबारका लागि बोलाएको संसदीय दलको बैठकमा सहभागीले कांग्रेस, माओवादी र जसपाले समान हैसियतमा मन्त्रालय बाँडफाँट हुनुपर्ने धारणा राखेका थिए । जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित सात मन्त्री र एक राज्यमन्त्रीमा दाबी गरेको छ ।
श्रम, उद्योग, भूमिसुधार, सञ्चार, परराष्ट्रलगायत मन्त्रालयको समुचित बाँडफाँट हुनुपर्ने जसपाको माग छ ।