Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली पक्षको स्थायी समिति बैठक आज बस्दै

ओली पक्षको स्थायी समिति बैठक आज बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७८ आइतवार • ०८:५४:४७ बजे
  • 1.1K
    SHARES
  • ओली पक्षको स्थायी समिति बैठक आज बस्दै

    नेकपा एमालेभित्र आन्तरिक विवाद कायमै रहेका बेला आज स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्दैछ । एमालेको केपी ओली समूहले आज स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ। केन्द्रीय कमिटीको एजेण्डा तय गर्न आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको हो।

    images

    आज स्थायी समिति बैठक र भोलि केन्द्रीय कमिटी बैठक बस्ने तय हुँदा नेपाल पक्षलाई अप्ठ्यारो पर्ने देखिन्छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले सबै बैठक रोकेर ओली र नेपालबीच संवाद गराउन चाहिरहेका छन्। तर ओली र नेपाल दुवै संवाद नगरी अघि बढ्ने सुरमा देखिएका छन्। नेता नेपालले कार्यदलका सदस्यहरूले तयार पारेको १० बुँदे सहमतिमा हस्ताक्षर गरेपछि पाँच दलीय गठबन्धनमा नरहने घोषणा गरेकै बेला ओलीले एमालेमा नेपालको कुनै पनि स्थान नभएको घोषणा गरेका थिए ।

    ओलीको त्यो घोषणाले सुध्रिन लागेको वातावरण बिग्रियो। त्यसपछि नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य विजय पौडेललाई गठबन्धनको बैठकमा पठाएर गठबन्धनमा कायमै रहेको सन्देश दिएका थिए। यसअघि शुक्रबार सम्पन्न स्थायी कमिटीको बैठकले विवाद निरूपणसम्बन्धी कार्यदलले प्रस्ताव गरेका सहमतिका बुँदालाई अनुमोदन गर्दै कार्यदल खारेज गरेको थियो।

    उक्त बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय पनि गरेको थियो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology