Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री देउवाले आज नै विश्वासको मत लिने,विश्वासको मत नपाए के होला ?

प्रधानमन्त्री देउवाले आज नै विश्वासको मत लिने,विश्वासको मत नपाए के होला ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३, २०७८ आइतवार • १०:३२:३४ बजे
  • 3.7K
    SHARES
  • प्रधानमन्त्री देउवाले आज नै विश्वासको मत लिने,विश्वासको मत नपाए के होला ?

    पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन ।असार २८ मा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरिदिएपछी आज संसद वैठक बस्न लागेको हो ।

    images

    प्रधानमन्त्री निकट स्रोतका अनुसार आजकै बैठकमा विश्वासको मत लिने तयारी छ ।

    आठौँ अधिवेशनको पहिलो बैठक बेलुका ४ बजेका लागि बोलाइएको छ । संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै एमाले प्रमुख प्रतिपक्षी दल बनेको छ । असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेको थियो ।

    आदेश अनुसार संसदको बैठक बस्न लागेको हो । संसदको यही अधिवेशनमा नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने छन् । विश्वासको मत नपाएको अवस्थामा संसद विघटन भइ देश चुनावमा जाने छ ।

    संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचिअनुसार आजको बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकलाई प्रक्रियामा लैजाने छ

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology