Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अफगान राजदूतकी छोरीमाथि पाकिस्तानमा कुटपिट र धम्की

अफगान राजदूतकी छोरीमाथि पाकिस्तानमा कुटपिट र धम्की

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७८ आइतवार • १०:४८:१४ बजे
  • 1.4K
    SHARES
  • अफगान राजदूतकी छोरीमाथि पाकिस्तानमा कुटपिट र धम्की

    पकिस्तानको राजधानी इस्लामाबादमा अफगान राजदूत नजीबुल्लाहकी २७ वर्षीया छोरीलाई अ'पह'रणपछि कु'टपि'ट गरेर छोडेको घटना सार्वजनिक भएको छ ।

    images

    उनको शलमा ध'म्कीपूर्ण सन्देश पनि राखिएको थियो । अफगान दूतावासले बयान जारी गर्दै भन्यो, ‘राजदूत नजीबुल्लाहकी छोरी सेलसेला अलीखेल इस्लामाबादको ब्लु एरियाबाट भाइका लागि उपहार लिएर आउँदै थिइन् । उनी ट्याक्सीमै हुँदा एकजना व्यक्ति ज'बर्ज'स्ती त्यहाँ बस्न आयो ।

    सेलसेलाले ट्याक्सीचालकसँग यसको वि'रोध गर्दा त्यो व्यक्तिले उनलाई गा'लीग'लौज गर्‍यो र तिम्रा पिता कम्युनिस्ट हुन्, हामी उनीहरूलाई छो'ड्दैनौं भन्यो । कु'टपि'टपछि युवती बेहोश भइन् र उनलाई के भयो भन्ने याद छैन । उनलाई बेलुका ६ बजेतिर होश आयो र एउटा बटुवाले उनी एफ–७ सेक्टरमा रहेको बतायो ।’

    ती युवतीको शलमा एउटा टिस्यु पेपर र ५० रुपैयाँको नोट फेला परेको छ । त्यसमा ‘अर्कोपालि तिमीलाई का'रवा'ही’ र ‘कम्युनिस्ट’ लेखेको थियो । सेलसेलाको जुत्ता र मोबाइल फोन हराएको छ । होशमा आउँदा उनको गोडामा पुरुषको जुत्ता थियो । उनको उपचार एक स्थानीय अस्पतालमा चलिरहेको छ ।

    घटनापछि काबुलले इस्लामाबादलाई फोन गरेर आफ्ना कूटनीतिकर्मी र उनीहरूको परिवपारलाई अन्तर्राष्ट्रिय सम्झौताअनुसार पूर्ण सुरक्षा दिन भनेको छ । एजेन्सी

  • सम्बन्धित विषय:

  • # एजेन्सी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology