Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देउवा सरकारले गर्यो ओली सरकारका ११ राजदूतको नियुक्ति बदर

देउवा सरकारले गर्यो ओली सरकारका ११ राजदूतको नियुक्ति बदर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७८ आइतवार • ११:३४:५८ बजे
  • 2.7K
    SHARES
  • देउवा सरकारले गर्यो ओली सरकारका ११ राजदूतको नियुक्ति बदर

    पूर्ववर्ती ओली सरकारले गरेका निर्णय देउवा सरकारद्वारा उल्टाउने प्रक्रिया शुरु भएको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारद्वारा मापदण्ड मिचेर नियुक्त गरिएका ११ राजदूतमध्ये ९ जनाको नियुक्ति देउवा सरकारले बदर गरेको छ ।

    images

    सरकार आफैंले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका,२०७५ को प्रावधान कुल्चेर ओली सरकारले अपारदर्शी ढंगले ११ देशमा राजदूत सिफारिस गरेकोमा तीमध्ये ९ जनाको नियुक्ति देउवा नेतृत्वको सरकारले उल्टाइदिएको हो । राजदुत नियुक्त गर्दा परराष्ट्र सेवाबाट ५० प्रतिशत र बाँकी राजनीतिक क्षेत्रबाट लिने प्रावधान कुल्चदै ११ जना राजदूत सिफारिस गर्दा २ जना परराष्ट्र सेवाका कर्मचारीबाहेक ९ जना राजनीतिक क्षेत्रबाट नियुक्त गरिएको थियो । जसमध्ये परराष्ट्र सेवाबाट सिफारिस भएका निर्मलराज काफ्ले अष्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टलाई कायम राखी बाँकी ९ जनाको सिफारिस बदर गरिएको उर्जा जलश्रोत तथा सिन्चाइ मन्त्री पम्फा भुसालले जनआस्थालाई जानकारी दिनुभयो ।

    ओली क्याबिनेटले कृष्णचन्द्र शर्मा दक्षिण कोरिया,सुम्निमा तुलाधर अष्ट्रेलिया,युवराज कार्की बहराइन, रमेशचन्द्र पौडेल श्रीलंका, नारायणप्रसाद संग्रौला म्यानमार, कुलप्रसाद नेपाल ब्राजिल,सुमित्रा सुवेदी डेनमार्क,मेराज मुसलमान साउदी अरेबिया र जंगबहादुर चौहानलाई रसियाका लागि सिफारिस गरेको थियो । जसमध्ये युवराज कार्कीको योग्यताको सन्दर्भमा सर्वाेच्चमा मुद्दा परेसँगै उक्त नियुक्ति सिफारिस सर्वाेच्चले उल्टाइसकेको छ ।

    पछिल्लो समय परराष्ट्र सेवाबाट बढुवा सिफारिस भएका ५ सह सचिवको व्यवस्थापनमै समस्या भएको बेला पूर्ववर्ती सरकारले गरेको राजदूत नियुक्ति उल्टिएपछि ती कर्मचारीहरुको अब व्यवस्थापन हुने भएको छ ।अब बाँकी ९ देशका नियुक्ति गर्दा आधा परराष्ट्र सेवाबाट र आधा राजनीतिक क्षेत्रका सिफारिस गरिने तयारी छ । जन आस्थाले लेखेको छ ।

  • सम्बन्धित विषय:

  • # पत्रपत्रिकाबाट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology