Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा रहेका कांग्रेस नेता गगन थापा हेलिकप्टर चढेर विश्वासको मतका लागि काठमाडौं जाने

पोखरामा रहेका कांग्रेस नेता गगन थापा हेलिकप्टर चढेर विश्वासको मतका लागि काठमाडौं जाने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३, २०७८ आइतवार • १५:३३:१६ बजे
  • 2.2K
    SHARES
  • पोखरामा रहेका कांग्रेस नेता गगन थापा हेलिकप्टर चढेर विश्वासको मतका लागि काठमाडौं जाने

    पोखरा । केही दिन देखी पोखरामा रहेका नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टर चढेर विश्वासको मतका लागि काठमाडौं आउने भएका छन्।

    images

    दुई दिनदेखि पोखरामा रहेका उनी स्थल मार्गबाट काठमाडौं आउने क्रममा पहिरोले बाटो रोकिएपछि हेलिकप्टरबाट आउन लागेका हुन्। नेपाली कांग्रेसका नेता रामजी कुँवरको स्मृति सभामा भाग लिन शनिवार गगन पोखरा गएका थिए।

    दमौली नजिकै पहिरोले बाटो बन्द भएको उनका सहयोगी सविन मुडवारीले जानकारी दिए। त्यसैले थापा हेलिकप्टर चढेर काठमाडौं उडेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदैछन्।

    संसदमा आज उनले विश्वासको मत हासिल गर्न सकेमा डेढ वर्ष सरकार सुनिश्चित हुनेछ। देउवालाई कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको विद्रोही समूह तथा जनता समाजवादी पार्टीका सांसदले मत दिँदैछन्।

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology