पोखरा । अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेकपा (एमाले) उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठक बस्नु अघि उनले पदबाट राजीनामा दिएका हुन्। आफू राजनैतिक अनैतिक खेलमा नलाग्ने भन्दै राजीनामा दिएको बताए।
रावलले भने, ‘म यो राजनैतिक अनैतिक खेलमा लाग्दीन पदबाट राजीनामा दिन्छु।' प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिँदै छन्।
माधव नेपाल पक्षले देउवालाई विश्वासको मत दिने बताएको छ भने एमाले स्थायी कमिटीले विश्वासको मत दिनेहरु पार्टीमा नरहने चेतावनी दिएको छ। रावल नेपाल पक्षका नेता हुन्।